एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै | Khabarhub Khabarhub

एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ ।

वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो ।

नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६९८ व्यक्तिको परीक्षण गरिएकामा आठजना नयाँ सङ्क्रमित थपिएका छन् । चार महिला र चार पुरुष गरी आठ नयाँ सङ्क्रमित थपिएसँगै जिल्लामा ११८ एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या पुगेको बताइएको छ ।

यी सङ्क्रमितमध्ये ५५ महिला, ५३ पुरुष, र पाँच बालबालिका रहेका छन् । यी सबै जनाले बेँसीशहर नगरपालिका–८ मा रहेको लमजुङ अस्पतालको एआरटी सेवाबाट औषधि सेवन गर्दै आइरहेका एआर्टी परामर्शदाता गणेश गुरुङले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १२ : ३३ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको