बाघको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड | Khabarhub Khabarhub

बाघको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा प्रधानमन्त्रीको जोड


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि उसको बासस्थान र पर्यावरण संरक्षण अपरिहार्य भएको बताएका छन् ।

विश्व बाघ दिवसका सन्दर्भमा राष्ट्रिय बाघ संरक्षण समितिले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले जैविक पर्यावरण र पारिस्थिकीय प्रणालीलाई सन्तुलित राख्न बाघको अहम् भूमिका रहेको वास्तविकता सुनाउँदै बाघको बासस्थानको संरक्षणमा मानव समुदायले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी र निकासी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बाघ संरक्षणका लागि स्थानीयवासीलाई नै परिचालन गर्न सुझाव दिए । उनले वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई रोजगारीका अवसर पनि सिर्जना हुने भएकाले विकास पूर्वाधारका कारण प्रभावित बासस्थल संरक्षणमा ध्यान दिइने बताए ।

उनले भने, “वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ” ।

प्रधानमन्त्रीले पाटे बाघका कारण प्रसिद्ध नेपालमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको माध्यम बन्नसक्ने बताउँदै बाघ र उसको बासस्थानका साथै पर्यापर्यटनको विकासमा लाग्नुपर्ने औँल्याए ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले वातावरण संरक्षणका लागि हिमाली देशको छुट्टै सङ्गठन बनाउन आवश्यक धारणा व्यक्त गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा त्यस्तो सङ्गठन आवश्यक भएको धारणा राखेका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो प्रधानमन्त्रीकालदेखि थालिएको बाघ संरक्षण अभियान सफल भएकोमा खुशी हुँदै सन् १९१२ मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले अघिसारेका रणनीति बाघ संरक्षणमा उपयोगी हुने बताए ।

पूर्वमन्त्री दीपक बोहोराले नेपालले अन्तरराष्ट्रिय साझेदारी संस्थासँगको समन्वय र सहकार्यबाट बाघ संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै जलवायु परिवर्तनको जोखिमबाट बाघलगायत लोपोन्मुख पशुपंक्षीको संरक्षणका निम्ति चुनौती खडा भएको उल्लेख गरे ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाघ संरक्षणमा नेपालले सफलता पाएको बताउँदै बाघको सङ्ख्या दोब्बर हुनु त्यो सफलता भएको जानकारी दिए ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल–भारतका साथै सरोकारवाला अन्य मुलुकसँगको समन्वय र सहकार्यबाट बाघ संरक्षणमा भारतले उल्लेखनीय योगदान गरेको सुनाउँदै विश्वमा रहेका बाघको कूल सङ्ख्याको ७५ प्रतिशत बाघ भारतमा रहेको तथ्य प्रस्तुत गरे । सन् १९७३ मा भारतमा ९ बाघ संरक्षण क्षेत्र रहेकामा अहिले त्यो बढेर ५० संरक्षण क्षेत्रमा पुगेका उनले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ८ : १४ बजे

एकल प्रदर्शनकर्ता चापागाइँलाई भेटिन् शिक्षामन्त्रीले

काठमाडौं– शिक्षामन्त्री सुमना श्रेष्ठले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।