मासु खानेमा मुटु रोगको जोखिम बढी « Khabarhub

मासु खानेमा मुटु रोगको जोखिम बढी


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपयले मांसाहारी खानाको स्वादसंगै पोषण र स्वास्थ्य लाभ समेत बढि हुने तर्क गर्छन् । तर एक अमेरिकी जर्नल क्लिनिकमा प्रकाशित अनुसन्धान अनुसार मांसाहारीको तुलनामा शाकाहारीमा हृदयघात हुने संभावना कम रहने देखिएको छ ।

शाकाहारी खानपान गर्नेहरूलाई मांसाहारीको दाँजोमा मुटु रोग हुने खतरा निकै कम हुने देखिएको छ । अमेरिकी जर्नल क्लिनिकल न्युट्रिसनमा प्रकाशित युनिभर्सिटी अफ अक्सफोर्डको फ्रान्सिस्को क्त्रोवीले नेतृत्व गरेको अनुसन्धान अनुसार शाकाहारीको मृत्यु हृदयाघातबाट हुने आशंका समेत कम हुन्छ ।

क्त्रोवीले सन् १९९० को सुरुवातबाट बेलायत र स्कटल्यान्डका ४५ हजार व्यक्तिको नियमित खानपानको तथ्यांक राख्न थाले । १२ वर्षको समयमा त्यो अध्ययनमा सहभागीमध्ये एक हजारभन्दा बढी व्यक्ति मुटु रोगका कारण अस्पताल भर्ना भए भने ती मध्ये १ सय ६९ जनाको मृत्यु हर्टअट्याकले भयो । सोहि अनुसन्धानमा शाकाहारी भोजन गर्ने सहभागीलाई मुटुको रोग हुने खतरा मांशाहारीको दाँजोमा ३२ प्रतिशतसम्म कम पाइयो ।

अनुसन्धान अनुसार औसतभन्दा बढी तौल भएका शाकाहारीलाई मुटु रोग हुने जोखिम २८ प्रतिशतसम्म कम थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : १० बजे

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद