‘मदन पुरस्कार’का लागि उत्कृष्ट नौ पुस्तकको मनोनयन सार्वजनिक « Khabarhub

‘मदन पुरस्कार’का लागि उत्कृष्ट नौ पुस्तकको मनोनयन सार्वजनिक


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मदन पुरस्कार गुठीले शुक्रबार ‘मदन पुरस्कार–२०७७’को लागि नौं पुस्तकको श्रेष्ठका सूची सार्वजनिक गरेको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले शुक्रबार विज्ञप्तीमार्फत पुरस्कारका लागि गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२०’ छनोंट भएको जानकारी दिएका छन् ।

दीक्षितका अनुसार पुरस्कारको लागि गुठीलाई २ सय २२ पुस्तकहरु प्राप्त भएका थिए । ‘यी पुस्तकहरुमध्येबाट बढीमा १० पुस्तकहरुको श्रेष्ठ सूची तयार गर्न कठिन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो’, विज्ञप्तीमा लेखिएको छ, ‘गुठीको नियमानुसार अप्रकाशित सामाग्रीहरुको बाहुल्य रहेका पुस्तकलाई छनोंटको एउटा आधार बनाइएको थियो ।’

यी नौमध्येबाट एक पुस्तकले ‘मदन पुरस्कार २०७७’ पाउने गुठीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल