जियाको अन्तिम सुनुवाईको जिम्मेवारी सीबीआईको विशेष अदालतलाई « Khabarhub

जियाको अन्तिम सुनुवाईको जिम्मेवारी सीबीआईको विशेष अदालतलाई


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भारतीय अभिनेत्री जिया खानको आत्महत्याको आठ वर्ष पछि अब यो मामलाको सुनुवाई सीबीआईको विशेष अदालतले गर्ने भएको छ । सेशन कोर्टमा जियालाई आत्महत्या गर्न उक्साएको आरोपमा जियाका प्रेमी सुरज पञ्चोलीका विरुद्ध मुद्धा चलिरहेको थियो ।

कोर्टले यो मुद्धा सीबीआईको विशेष अदालतमा पठाउनुपर्ने निश्कर्ष निकालेको हो । सेशन कोर्ट सीबीआईद्वारा दायर एक आवेदनमाथि सुनुवाई गरिरहँदा जियाको मामलालाई पनि सीबीआईसँग एक अलग अदालत भएकाले त्यो अदालतले सुनुवाई गर्ने निर्णय लिएको हो । कोर्टका प्रमुख न्यायधिशले यो मामलालाई सीबीआई कोर्टमा बुझाउनेछन् ।

जियाको मामलाको सुनुवाई मार्च २०१९ बाट सुरु भएको थियो । डिसेम्बर २०१९ मा सीबीआईले सेशन कोर्टलाई एक निवेदन दिँदै आफूहरु अगाडिको अनुसन्धानको योजना बनाइरहेको उल्लेख गरेको थियो । उनीहरुले फरेन्सिक जाँचका लागि केही कुरा पठाउन माग गरेको थियो ।

जसमा खानले आत्महत्या गर्न प्रयोग गरेको सललाई चण्डीगढमा रहेको सेन्ट्रल फरेन्सिक साइन्स ल्याबमा पठाउन भनिएको थियो ।

सीबीआईले अमेरिकामा फेडरल ब्यूरो अफ इन्भेस्टिकेसनकी फरेन्सिक युनिटलाई फोन पठाएर जिया र पञ्चोलीबीच जियाको मृत्यु अघि ब्ल्याकबेरीमा भएको सन्देश आदानप्रदानको कुरा पनि सही सलामत दिन भनेको थियो ।

सेशन कोर्टले सीबीआई र पञ्चोलीको वकिल प्रशान्त पाटिलको बयान सुनेको थियो । जसले उजुरीको विरोध गरेका थियो । यही विषयमाथि सीबीआईको स्पेशल कोर्ट पुनः सुनुवाई गर्ने तयारीमा छ ।

जियालाई उनकी आमा राबियाले जुन ३, २०१३ मा जुहुस्थित घरमा झुण्डिएको अवस्थामा फेला पारेकी थिइन् । यो मामलामा सुरजलाई प्रहरीले जुन १० मा पक्राउ गरेको थियो । उनले जुलाईमा जमानत पाएका थिए । उनीमाथि आइपीसीको धारा ३०६(आत्महत्याका लागि उक्साएको) अनुसार मुद्धा चलिरहेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ०५ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज