जसपाका तीन प्रदेशसभा सदस्य पदमुक्त « Khabarhub

जसपाका तीन प्रदेशसभा सदस्य पदमुक्त


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- लुम्बिनी प्रदेशसभाका तीन जना सदस्य पदमुक्त भएका छन् ।

जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको प्रदेशसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले आज सूचनामार्फत जानकारी गराएका हुन् ।

तीनै जना प्रदेशका मन्त्री हुन् । सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, वन तथा वातावरण मन्त्री रहेका छन् ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारकता दिएपछि शङ्कर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाको केन्द्रीय समितिले यी तीन सांसदलाई स्पष्टिकरण सोधी कारवाही गरेको थियो ।

त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ५९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना