देवघाटमा रेबिजले गाई मरे | Khabarhub Khabarhub

देवघाटमा रेबिजले गाई मरे


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ ।

महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन् ।

मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उनले जानकारी दिए । उनले भने, “देवघाटमा मरेका गाईमा रेबिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रेबिजको खोप लगाइएको छ ।”

गाई मरेको खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेबिजले मरेको पाइएको हो ।

महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ । सो क्षेत्रमा छाडारुपमा गाई छाडिएका छन् । घरमा पनि गाई पालिएको छ । पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाईनै पाल्ने गर्दछन् ।

उनका अनुसार रामपुर क्षेत्रमा पनि तीनवटा भैँसी मरेको भए पनि ती भैँसीको कारणले मरेका हुन् भन्ने विषयमा भने अध्ययन भइरहेको छ । अन्य क्षेत्रमा भने त्यस्तो समस्या नदेखिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ११ : २५ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

निमोनियाबाट कसरी बच्ने ?

काठमाडौं – आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको

पर्सामा एक हजार ६९७ अनुचित लेनदेनका मुद्दा टुङ्गिए

पर्सा– अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी यहाँ एक हजार ६९७ उजुरी