कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल « Khabarhub

कांग्रेसका तीन नेताबीच भेटवार्ता, महाधिवेशन केन्द्रित छलफल


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशन नजिकिँदै जाँदा सभापतिको दावेदार नेपाली कांग्रेसका तीन नेताबीच शनिबार पनि भेटवार्ता भएको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमै पुगेर भेटवार्ता गरेका हुन् ।

एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन पटकसम्म भेट गरेका यी नेताहरुले महाधिवेशन नजिकिँदै जाँदा फेरि भेटघाट शुरु गरेका छन् । उनीहरुबीचको कुराकानीबारे केही सार्वजनिक गरिएको छैन ।

सिंहका स्वकीय सचिव युपी लामिछानेले भने राष्ट्रिय राजनीति र महाधिवेशनका विषयमा तीन नेताबीच छलफल भएको बताएका छन् । उनीहरूबीच संवैधानिक बाध्यतालाई ख्याल गरेर महाधिवेशन सम्पन्न गर्ने र सबै नागरिकलाई खोपको सुनिश्चितताका लागि सरकारले ध्यान दिनु पर्नेलगायतका विषयमा छलफल भएको लामिछानेले जानकारी दिए ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोरा यी तीन नेताको भेटलाई कांग्रेसमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

तीनै जना नेताहरू सभापतिको आकांक्षी भएपनि उनीहरूले भने मिलेर जाने बताउँदै आएका छन् । यसैक्रममा तीन जनामध्ये एक जनाले मात्रै सभापतिमा उम्मेदवारी दिने यसअघिको भेटका क्रममा उनीहरुले बताएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ५ : ३५ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन