धानमा गँवारो रोगको प्रकोप, चिन्तामा किसान « Khabarhub

धानमा गँवारो रोगको प्रकोप, चिन्तामा किसान


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीका किसानले लगाएका धानखेतीमा गँवारो रोगको प्रकोप देखिएको छ । गँवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का सन्दिप चौधरीको दुई बिघा क्षेत्रफलमा रहेका धानखेतीमा गँवारोको समस्या देखिएको छ ।

उनको खेतमा धानका गुभो मर्दै गएपछि उनले चिन्ता व्यक्त गरे । किराले पुरै खेतको धानको गुभो मर्दै गएको टीकापुर वनगाउँका किसान बुद्धिराम चौधरीले बताए ।

‘दुई हेक्टर क्षेत्रफलमा किराको प्रकोप देखापरेको छ’, उनले भने, ‘प्राविधिकसँग सल्लाह लिएर आए । यति मेहनत गरेर लगाएको खेतमा यसरी रोग फैलिए उत्पादन बढी लिन सकिँदैन । यो रोगले धानको बोट नै नोक्सान गर्छ ।’

गँवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव किरा हो । धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी वर्षेनी ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ ।

किराको प्रकोप तीव्ररुपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेका किसान वीरबहादुर चौधरीले जानकारी दिए । ‘किराको सङ्क्रमणले अहिले धानको बोट मर्दै गएका छन्, यसरी बोट नै मरेमा उत्पादन लिनसक्ने कुरै हुँदैन’, उनले भने, ‘अब खेती गर्न धेरै मेहनत गर्नुपर्छ । धेरै दिनपछि सिँचाइ गरौँ भनी खेतमा छिर्दा धानका बोट किराले काटेर सखाप पारेको रहेछ ।’

धानमा पहेंलो गवारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रंगको ट्टट्ट गरी छ किसिमका गँवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन् ।

धानको बिरुवा/बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गँवारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सुक्ष्म तत्वको कमीले किराको सङ्क्रमण सहजै फैलने गरेको टीकापुर नगरपालिका कृषि शाखाका प्राविधिक केशव भट्टले जानकारी दिए ।

‘गँवारो किराको सङ्क्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन् । यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ’, उनले भने, ‘धान खेतमा किराको प्रकोपले वर्षेनी धान उत्पादनमा कमी हुने गर्छ । त्यसैले किसानले ध्यान दिन जरुरी छ ।’

कैलाली धानखेतीमा आत्मनिर्भर जिल्ला हो । जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीका अनुसार कैलालीमा ७७ हजार १०८ हेक्टर जमिनमा धानखेती गरिन्छ ।

तीन लाख २३ हजार ५०० हेक्टर जमिन रहेको जिल्लामा ८९ हजार ९३५ हेक्टर खेतीयोग्य जमिन छ । ‘धानखेतीका लागि कैलाली उर्वर भूमिका रूपमा रहेको छ । वर्षेनी जग्गा प्लटिङ, घर निर्माणजस्ता कार्यले खेतीयोग्य जमिन घट्दै गएको छ’, उनले भने, ‘अर्कोतर्फ विभिन्न रोग तथा प्रकोपको समयमा उपचार गरिएन भने उत्पादन बढी लिन सकिँदैन । त्यसैले किसानले मलखाद, आवश्यक सुक्ष्म तत्व र सिँचाइमा ध्यान दिन आवश्यक हुन्छ ।’

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ४४ बजे

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट