बाढीले क्षतिग्रस्त पुलको निर्माण सम्पन्न गर्न संसदीय समितिको निर्देशन « Khabarhub

बाढीले क्षतिग्रस्त पुलको निर्माण सम्पन्न गर्न संसदीय समितिको निर्देशन


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले यसै वर्षको बाढीले क्षतिग्रस्त भएका पुलहरुको छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले क्षतिग्रस्त भएका सिराहा र धनुषा जोड्ने हुलाकी सडक अन्तर्गत कमला नदीको पुल र गाइघाट–दिक्तेल सडक खण्ड अन्तर्गत त्रियुगा नदीको पुलको पुल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले पुलहरु क्षतिग्रस्त हुनुको कारणबारे अध्ययन गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले वर्षातको समयमा पहिरोका कारण नारायणगढ मुग्लिन सडक खण्ड पटक-पटक अवरुद्ध हुने गरेको भन्दै दीर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन पनि निर्देशन दिएका उनले बताइन् ।

त्यस्तै बैठकले बाढी, पहिरो नियन्त्रणसम्बन्धी दीर्घकालीन नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवं तीनै तहको सरकारसँगको समन्वयमा तत्काल उद्दार, राहत र पुनर्स्थापनाको काम अघि बढाउन पनि निर्देशन दिएको सभापति खड्काले बताइन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : १६ बजे

मनिषलाई रोकेर रविकै निर्देशनमा विपिनलाई बनाउन खोजिएको थियो सर्वसम्मत महामन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक नेता विपिन आचार्यलाई सभापति रवि

काठमाडौं महानगरद्वारा टेकु अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान 

काठमाडौं– काठमाडौं महानगरपालिकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १८

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– वैकल्पिक व्यवस्था नगरी आफूहरूलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै

रास्वपा महाधिवेशन : ५० करोड रुपैयाँ भन्दा बढीको व्यापार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार