८४६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

८४६ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ६७७ कोरोना संक्रमितको आईसीयूमा र १६९ को भेन्टिलेटरमा गरी कुल ८४६ जना उपचाररत छन्।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२८ जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश २ मा ४ जनाको आईसीयूमा उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ३९० जना आईसीयूमा र ९४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ७१ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५५ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा, कर्णालीमा १६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा १३ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १० : १५ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर