कुमारी बैंकको सहयोगमा ट्राफिक संकेत बत्ती जडान « Khabarhub

कुमारी बैंकको सहयोगमा ट्राफिक संकेत बत्ती जडान


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा काठमाडौं महानगरपालिका वडा नं १, नक्साल भगवती मन्दिर चोकमा ट्राफिक संकेत बत्ती जडान गरेको छ ।

बैंकले उक्त ट्राफिक संकेत बत्ती आज आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरी संचालन गरिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त ट्राफिक संकेत बत्ती जडान गर्न सहयोग गरिएको जनाएको छ ।

उक्त ट्राफिक संकेत बत्तीको बैंकका प्रमुख संचालन अधिकृत रामचन्द्र खनाल तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरे ।

कार्यक्रममा खनालले आगामी दिनहरुमा पनि बैंकको सहकार्य निरन्तर रहने जानकारी गराए साथै, ट्राफिक प्रहरीसँग सम्बन्धित शुल्कहरू संकलन गर्न डिजिटल प्रविधिबाट गर्न पनि जोड दिए ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बैंकले ट्राफिक संकेत बत्तीको जडानबाट यस क्षेत्रमा यातायात व्यवस्थापनमा सहज भई सवारी चाप घट्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १ : २० बजे

चटकको भरमा बनेको सरकार धेरै टिक्दैन : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा ‘देशद्रोही

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत

‘नेपाली कांग्रेस फुट्या छैन, फुट्दा पनि फुट्दैन’

काठमाडौं- नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ नियमित

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने