एमाले पालिकास्तरको अधिवेशन आगामी असोज ९ गतेभित्र | Khabarhub Khabarhub

एमाले पालिकास्तरको अधिवेशन आगामी असोज ९ गतेभित्र


१७ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)को जारी स्थायी कमिटी बैठकले पालिकास्तरको कमिटीको अधिवेशन आगामी असोज ९ गतेभित्र गर्ने निर्णय गरेको छ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटिको बैठकले आज पार्टी सङ्गठनसम्बन्धी काम निरन्तरता दिँदै पालिका कमिटीको अधिवेशन सो मितिमा गर्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । बैठकले साउन २४ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ । स्थायी कमिटीको बैठक सोमबार पनि जारी रहने बताइएको छ ।

यसअघि शनिबार बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको थियो । प्रतिष्ठानमा नै बसेको बैठक पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि स्थगित गरेका थिए । बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो ।

यसैगरी शनिबार नै अध्यक्ष ओली र पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको थियो ।

सिंहदरबारमा भएको पार्टी आन्तरिक विवाद समस्या समाधान कार्यदलका नेताहरू सहभागी छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन लाग्ने गरी छलफल भएको थियो । कार्यदलले गत २७ गते १० बुँदे सहमति गरेको थियो । निर्धारित समयभन्दा केही ढिला गेर शुरु बैठकमा नेपाल पक्षीय नेता सहभागी नभए पनि पार्टी उपाध्यक्ष बामदेव गौतम सहभागी थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ८ : ५८ बजे

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र