इजाजतविना उपचार गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

इजाजतविना उपचार गरेको आरोपमा तीन जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इजाजतविना बिरामीको उपचार गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार घर भइ काठमाडौं महानगरपालिका–७ बस्ने ३१ वर्षीय सौरभ कुमार, महोत्तरीका ४० वर्षीय डा. रावेत रञ्जनकुमार ठाकुर र दोलखाका ४६ वर्षीय राधाकृष्ण तामाङ छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होमबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार हेल्दी स्माइल ओमकार डेण्टलमा चिकित्सा सम्बन्धी पेशा गर्न इजाजत प्राप्त नगरेका भारतीय नागरिकले चिकित्सकको रूपमा काम गर्ने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न थप अनुसन्धान भइरहेको डीआइजी सिंहले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ११ : ५५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र