अडिसन पास गर्न फोनमा अश्लील कुराकानी « Khabarhub

अडिसन पास गर्न फोनमा अश्लील कुराकानी


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टे बोलीका कारण चर्चामा आइरहन्छिन् । हालसम्म उनले फिल्ममा कैयौं भूमिका निर्वाह गरिसकेकी छन् ।

राधिका जहिल्यै फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्छिन् । केही समय अघि नेहा धुपियाको ‘विद वोग’मा राजकुमार रावसँग आएकी राधिकाले आफ्नो एक अनौठो अडिसनका बारेमा खुलेर बताएकी छन् ।

राधिकाका अनुसार फिल्म ‘देव डी’का लागि दिएको अडिसन उनको करियरकै अनौठो अडिसन थियो । ‘देव डीको अडिसनका लागि मैले फिल्ममा अश्लील कुराकानी गर्नुपर्ने थियो । यसो हुँदा मात्र मैले अडिसन पास गर्ने थिएँ । त्यो बेला म पुणेमा बस्थें । मैले फोनमा यस्ता कुरा गरेको थिइनँ । तर अडिसन दिँदा सबैको अगाडि बोल्नुपर्ने भयो । अडिसन पास हुनका लागि मैले यो काम गरें’, राधिकाले भनेकी छन् ।

केही समय अघि मात्र राधिकाले आफ्नो केही न्यूड भिडियो सार्वजनिक भएपछि घर बाहिर निस्कन गाह्रो परेको बताएकी थिइन् । फिल्म ‘क्लीन शेव’को भिडियो सार्वजनिक भएपछि राधिकालाई समस्या भएको थियो ।

राधिका पछिल्लोपटक वेब सिरिज ‘रात अकेली’मा देखिएकी थिइन् । फिल्ममा उनी अभिनेता नवाजुद्दीन सिद्दीकीसँग रोमान्टिक अवतारमा देखिएकी थिइन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : २० बजे

कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक

झापामा मकै उत्पादनमा ह्रास

झापा– धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस

नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति

मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान  कुसंस्कारले

युरोपमा तीव्र गर्मीको लहर, ९ करोड ५० लाखभन्दा बढी प्रभावित

पेरिस- युरोपमा यस वर्षको ग्रीष्मयाम सुरु भएसँगै देखिएको तीव्र गर्मीको लहरका