दार्चुला घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन « Khabarhub

दार्चुला घटनाको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुला घटनाको विरोधमा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेपालस्थित भारतीय दूतावास अघि प्रदर्शन गरेको छ ।

दार्चुलामा तुइनबाट महाकाली नदी तर्ने क्रममा नेपाली युवक जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौँस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुला घटनालाई संगठनले ‘भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन’को संज्ञा दिएको छ ।

उनीहरुले उक्त घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले नेपाल र नेपालीमाथि तथा राष्ट्रियतामाथिको ज्यादती सैह्य नहुने भन्दै विरोध गरिएको बताए । भारतीय पक्षबाट नेपालीमाथि हुने गरेको जघन्य अपराधमा नेपाल सरकार मौन हुनु दु:खद रहेको उनको भनाइ छ ।

संगठनले नेपाल भारतबीचको असमान सन्धी सम्झौता पनि खारेज हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : ५९ बजे

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले