करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित ९ जना पक्राउ « Khabarhub

करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित ९ जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करिब ५ करोड मूल्य बराबरको लागुऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । १ के.जी. ५१२ ग्राम लागुऔषध कोकिन सहित प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लागुऔषध कोकिनको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले साउन ७ गते काठमाडौँको पकनाजोलको एक होटलेबाट चार जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरुको साथबाट ५ सय ग्राम कोकिन बरामद गरेको थियो ।

त्यस्तै उनीमध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम पहेँलो धातु समेत फेला पारेको थियो।

लागुऔषध नियन्त्रण ब्यूराको प्रवक्ता एसपी जीवन श्रेष्ठका अनुसार त्यही घटनायता अनुसन्धान गर्दै जाँदा ९ जनालाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

ब्यूरोका अनुसार पक्राउ पर्नेमा चितवन स्थित भरतपूर महानगरपालिका –७ का ४५ वर्षीय सुरोज गुरुङ, काठमाण्डौं महानगरपालिका –३ की४३ वर्षीय अन्जु थापा मगर, ३९ वर्षीय मुना तामाङ, २८ वर्षीय रक्की आलेमगर, २३ वर्षीय रायल थापामगर, भारत दक्षिण गोवा नग्गारवडाका ३९ वर्षीय सन्दिप पटेल, धादिङ्, निलकण्ठ नगरपालिका–११ का २७ वर्षीय मिराज ढकाल, २७ वर्षीय मछिन्द्र धमला र काठमाडौं महानगरपालिका –२३ का ४९ वर्षीय सुदन शाक्य रहेका छन् ।

प्रहरीले उनिहरुका साथबाट १ के.जि. ५१२ ग्राम कोकिन, २५ ग्राम चरेश, ९ ग्राम गाँजा र नदग रु ७ लाख ८८ हजार समेत बरामद् गरेको छ । बरामद लागुऔषधको अबैध बजार मुल्य ४ करोड ५३ लाख ६० हजार भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ५ : ०१ बजे

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ : मुख्यमन्त्री बानियाँ

बागमती– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडा उपमहानगरपालिका– १८

काठमाडौंमा भोट खसालेर सर्लाहीमा उत्रिए गगन (तस्बिरहरू)

काठमडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी

किमाथांका–  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ ।

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२

मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले