९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ | Khabarhub Khabarhub

९ लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ


१८ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी पश्चिम बर्दघाटबाट नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली १८ लाख ५० हजार र भारु ९ लाख सहित २ जनालाई बर्दघाट नगरपालिका वडा नं. १२ भटौलियास्थित परासी–नारायणचोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । पक्राउ पर्नेमा एक भारतीय नागरिक छन् ।

लु १६ प ३७२९ नम्बरको मोटरसाइकलमा बर्दघाटतर्फ आउँदै गर्दा नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका वडा नं. २ बस्ने बर्ष ३५ को योगेन्द्र यादव र भारत उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने २७ वर्षीय समिर खानलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले उक्त रकमको श्रोत खुलाउन नसकेकाले पक्राउ गरिएको लामाले बताए ।

बरामद रकम सहित थप अनुसन्धानको लागि दुवै जनालाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने पनि डिएसपी लामाले बताए ।

 

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : २४ बजे

दिल्लीको कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा अनुसन्धान सुरु

नयाँदिल्ली– भारतीय फरेन्सिक टोलीहरूले मंगलबार बिहान राजधानी नयाँदिल्लीको मुटुमा भएको विनाशकारी

दल दर्ता गर्नुअघि कुलमान र सुदन अन्तिम पटक छलफल गर्दै

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका नेता सुदन

तुलसीपुरमा पक्की पुल नहुँदा स्थानीयलाई सास्ती

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ ।

भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार छिमेकी तथा मित्रराष्ट्र भुटानको

मुख्यमन्त्री कार्कीद्वारा शुभकामना

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु