पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो « Khabarhub

पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो ।

पहिला निवृत्तीभरणसम्बन्धी जुनसुकै काम गर्नुपरे काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा यही साउन १ गतेबाट लागू हुने गरी उक्त बाध्यतालाई हटाइएको किताबखानका उपमहानिर्देश रामराज खकुरेलले बताए ।

खकुरेलका अनुसार अब पाना सिद्धिएर नयाँ अधिकारपत्र बनाउन, हराएमा प्रतिलिपि लिन, पारिवारिक निवृत्तीभरण अधिकारपत्र तयार गर्न, नाम, थर संशोधन गर्न, निवृत्तीभरण रकम संशोधन गर्न, औषधि उपचार सहयोग स्वरुप रकम वृद्धि गर्ने लगाउत सबै काम अब सम्बन्धित जिल्लाबाटै नै हुने भएका छन् ।

यस्ता काम गर्न काठमाडौँ आउदाँ शिक्षकहलाई विभिन्न समस्या झेल्नुपरेको र शिक्षक किताब खानामा पनि धेरै भिडभाड हुने भएकाले यस्ता समस्यालाई हटाउने प्रयास गरिको उपमहानिर्देशक खकुरेलले बताए ।

शिक्षकले ती सेवा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको उनको भनाइ छ । यसका लागि कार्यविधि निर्माण गरेर पट्टा छपाएर देशभरिका जिल्लास्थित सम्बन्धित कार्यालयलाई पठाइसकेको उनले बताए । यस्तो व्यवस्थाले शिक्षकलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ०४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको