पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो | Khabarhub Khabarhub

पेन्सनपट्टा बनाइसकेका शिक्षकलाई काठमाडौँ धाउनुपर्ने बाध्यता हट्यो


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेन्सनपट्टा बनाइसकेका शिक्षकले अब काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय किताबखानाले पेन्सनपट्टा बनाइसकेका शिक्षकको अन्य सबै काम सम्बन्धित जिल्लाबाट हुने व्यवस्था मिलाएपछि काठमाडौँ आउने पर्ने बाध्यता हटेको हो ।

पहिला निवृत्तीभरणसम्बन्धी जुनसुकै काम गर्नुपरे काठमाडौँ आउनुपर्ने बाध्यता रहेकोमा यही साउन १ गतेबाट लागू हुने गरी उक्त बाध्यतालाई हटाइएको किताबखानका उपमहानिर्देश रामराज खकुरेलले बताए ।

खकुरेलका अनुसार अब पाना सिद्धिएर नयाँ अधिकारपत्र बनाउन, हराएमा प्रतिलिपि लिन, पारिवारिक निवृत्तीभरण अधिकारपत्र तयार गर्न, नाम, थर संशोधन गर्न, निवृत्तीभरण रकम संशोधन गर्न, औषधि उपचार सहयोग स्वरुप रकम वृद्धि गर्ने लगाउत सबै काम अब सम्बन्धित जिल्लाबाटै नै हुने भएका छन् ।

यस्ता काम गर्न काठमाडौँ आउदाँ शिक्षकहलाई विभिन्न समस्या झेल्नुपरेको र शिक्षक किताब खानामा पनि धेरै भिडभाड हुने भएकाले यस्ता समस्यालाई हटाउने प्रयास गरिको उपमहानिर्देशक खकुरेलले बताए ।

शिक्षकले ती सेवा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्राप्त गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको उनको भनाइ छ । यसका लागि कार्यविधि निर्माण गरेर पट्टा छपाएर देशभरिका जिल्लास्थित सम्बन्धित कार्यालयलाई पठाइसकेको उनले बताए । यस्तो व्यवस्थाले शिक्षकलाई ठूलो राहत मिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १२ : ०४ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले