जीन्यूज लेख्छ–अदितीको लुक्स दिशाको जस्तै « Khabarhub

जीन्यूज लेख्छ–अदितीको लुक्स दिशाको जस्तै


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय समाचार संस्था जीन्यूजले नेपाली अभिनेत्री तथा मोडल अदिती बुढाथोकीलाई बलिउड अभिनेत्री दिशा पटानीसँग तुलना गरेको छ । सामाजिक सञ्जालमा सक्रिय रहने अदितीको बारेमा एक फोटो फिचर बनाउदै उसले दिशासँग तुलना गरेको हो ।

नेपालमा जन्मिएकी अदिती आफ्नो सपना पुरा गर्न यतिबेला भारतमा छिन् । जहाँ उनले आफ्नो भाग्य चम्काउन संघर्षरत छिन् ।

अदितीको इन्स्टाग्राममा १ दशमलब ५ मिलियन फलोअर्स छन् । इन्स्टामा तस्वीर राख्नासाथ तस्वीरमा लाइक र कमेन्टको बाढी आउने जीन्यूजले उल्लेख गरेको छ ।

अदिती निकै बोल्ड र ग्ल्यामर छिन् । उनी आफ्नो शरीरलाई निकै सन्तुलनमा राखिछन् । उनको लुक्स र अनुहारका कारण धेरैले उनको तुलना दिशा पटानीसँग गरेका छन् । उनीको तस्वीर हेर्नासाथ अदिती र निशाको लुक्स तथा शैली मिल्ने गरेको पाइएको उल्लेख गरिएको छ ।

अदितीले हालसम्म धेरै म्यागाजिनमा आफूलाई ‘कभर गर्ल’का रुपमा स्थापित गरिसकेकी छन् । उनले फिल्म ‘कृ’बाट नेपाली फिल्ममा पाइला चालिन् ।

अदितीले पञ्जाबी र हिन्दी म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छन् । उनले पञ्जाबी गायक मिलिन्द गाबाको गीत ‘मे तेरी हो गई’बाट पहिचान पाइन् ।

अदिती चाँडै गायक दर्शन रावलको नयाँ गीत ‘हवा बांके’मा देखिँदैछिन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : ३० बजे

 अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची– प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद

राजीवको बाचा : कसैले हारेको महसुस गर्नु पर्दैन,  सबैको एजेन्डा बोकेर हिँड्छु

काठमाडौं– भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री

तनहुँ-१ मा कांग्रेसका गोविन्द फेरि निराश, स्वर्णिम विजयी 

तनहुँ– तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)

काठमाडौं–  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ