सरकारको 'न्यूनतम' साझा कार्यक्रमलाई कार्यदलले भोलि अन्तिम रुप दिने  | Khabarhub Khabarhub

सरकारको ‘न्यूनतम’ साझा कार्यक्रमलाई कार्यदलले भोलि अन्तिम रुप दिने 


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धन कार्यदलको बैठकले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएको छ ।

आज केही विषयमा छलफल भए पनि कार्यक्रमलाई अन्तिमरूप दिन पुनः भोलि बस्नेगरी बैठक सकिएको हो ।

भोलिको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले जानकारी दिए ।

पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ०७ बजे

भारत र चीनको विरोधमा नेविसंघको मशाल जुलुस (तस्बिरहरू)

काठमाडौँ- प्रमुख सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ त्रिचन्द्र क्याम्पसले

सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई भौगोलिक सुन्दरताको पहिचान

समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व

आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक व्यापार गत