बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता « Khabarhub

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिना एक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा रहेका छन् । 

यस्तै, अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ कुल १४४ मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर अपराधका नौ मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । उनका अनुसार सामान्य अपराधका ८४ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी १५ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले चालु मुद्दाका प्रतिवादीमध्ये १२६ जनालाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनतर्फ ८० जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राठौरले बताए। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ १०५ उजुरी परेकामा १०३ वटा फछ्र्योट भएका छन् । घरेलु हिंसातर्फ ६३ वटा मुद्दा दर्ता भएकामा ६१ वटा मिलापत्र गरिएको छ भने बाँकीलाई अदालत पठाइएको छ ।

प्रहरीका अनुसार एक महिनामा ८४ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी तीन जनाको मृत्यु, २३ जना गम्भीर घाइते र ११९ जना सामान्य घाइते भएका छन् । राजस्व चुहावट तथा भन्सार छलीतर्फ २१ लाख १४ हजार ७०७ बराबरको रकम तथा दुई जना व्यक्ति र पाँच सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ ।
 
प्रहरीले विपद् व्यवस्थापन, अवैध मदिरा नियन्त्रण, प्राकृतिक सम्पदा दोहन नियन्त्रण, अवैध पशु चोरी–पैठारी नियन्त्रण तथा अवैध वन पैदावार चोरी–निकासी नियन्त्रणतर्फ पनि विभिन्न उपलब्धि हासिल गरेको जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ६ : ४१ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला