मन्त्रिपरिषद्का निर्णय सार्वजनिक « Khabarhub

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले न्याय सेवा, सरकारी वकिल समूहका राजप्रत्रांकित विशिष्ठ तथा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको समाजोजन गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले उक्त जानकारी दिएका हुन् ।

यस्तै सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुधन अधिकारीलाई चार वर्षका लागि नियुक्ति गरेको छ । साथै खानेपानी संस्थानको सञ्चालक समिति अध्यक्षमा जीउलाल चौधरी तथा सदस्यमा संगीता भट्टराई रेग्मी र राम बहादुर थापालाई नियुक्त गरिएको छ ।

यस्तै जयपृथ्वी नगरपालिकामा अनाथ आश्रम निर्माण गर्न सशर्त अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । युवा तथा खेलकुद परिषद्को संगठन संरचना र दरबन्दी स्वीकृत गर्न र संद्धान्तिक स्वीकृति प्रदान गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए । बैठकले राष्ट्रिय वन नीति, २०७५ स्वीकृत गरिएको उनले बताए ।

वीर सहिद गंगालाल श्रेष्ठको जन्मशताब्दी मनाउन ५ लाख रुपैयाँ आर्थिक सहयता उपलब्ध गराउने निर्णय गरेको छ । संघीय निजामति सेवा विधेयकको मस्यौदा संसदमा पेश गर्न स्वीकृति दिएको छ । साथै मधेश आन्दोलनका घाइते पानालाल यादवलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  ८ : ४४ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली