सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज पनि कार्यदलको बैठक | Khabarhub Khabarhub

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज पनि कार्यदलको बैठक


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको न्यूनतम साझा कार्यक्रमलाई पारित गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बोलाइएको छ ।

गठबन्धनले सरकारका ११ बुँदे प्राथमिकता र मन्त्रीहरूको १४ बुँदे आचारसंहिता पनि बनाएको छ। आज शीर्ष नेतासँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिई सार्वजनिक गर्ने गठबन्धनको तयारी छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको संयुक्त सरकारका नीति र कार्यक्रममा कोभिड– १९ बाट उत्पन्न विपत्तिबाट मुक्ति, राष्ट्रिय हितको संवर्द्धन तथा संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण विषय राखिएको छ।

यसबाहेक शान्ति सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तात्कालिक राहत, पुनर्निर्माण र पुनर्स्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध पनि कार्यक्रममा छ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : २४ बजे

लिपुलेकमा भारत-चीन सम्झौताविरुद्ध क्रान्तिकारीले बाल्यो मसाल (तस्बिरहरू)

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारत

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा अनिकालको घोषणा

रोम- संयुक्त राष्ट्रसङ्घले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ।

जेलेन्स्कीसँग ‘कुनै पनि बैठकको योजना’ नबनेको रुसको भनाइ

मस्को- रुसी र युक्रेनका राष्ट्रपतिबीच कुनै भेटघाटको योजना नभएको रूसले

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले

भारतमा अनलाइन जुवा प्रतिबन्ध

नयाँ दिल्ली– भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्ण