अफगानिस्तानमा ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय « Khabarhub

अफगानिस्तानमा ईदको समय युद्धविराम गर्ने तालिबान र सुरक्षा बलको निर्णय


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा ईद पर्वको समयमा युद्धविराम गर्ने तालिबान र सुरक्षाकर्मीको निर्णयलाई अमेरिकी विशेष प्रतिनिधिले स्वागत गरेका छन् ।

तालिबान विद्रोही लडाकु समुह र सुरक्षा बलबीच बढ्दो द्धन्द्धका बीच ईद पर्वको समयमा तीन दिन युद्धविराम गर्ने बताएका छन् । युद्धविरामको निर्णयलाई अमेरिकी बिशेष प्रतिनिधि जलमे खालिलजादले स्वागत गरेका छन् ।

पछिल्लो केही समययता तालिबान र सुरक्षा बल बीचको तनाब र द्धन्द्धले सर्वसाधारणलाई नराम्रो असर पारेको भन्दै उनले युद्धविरामको निर्णय स्वागत गरेको बताएका हुन् ।

साठी जना भन्दा धेरै बिधार्थीको ज्यान जाने गरी राजधानी काबुलस्थित एक बिधालय नजिकै भएको बम बिष्फोटको घटना पछि तालिबानले ईदको समय तीन दिन युद्धविराम गर्ने घोषणा गरेको हो ।

तालिबानको घोषणा पछि राष्ट्रपति असरफ घानीले पनि ईदको समय युद्धविराम गर्न सुरक्षा बललाई निर्देशन दिएका हुन् । अमेरिकी बिशेष प्रतिनिधि खालिलजादले अफगानिस्तानमा राजनीतिक समाधान र स्थायी युद्धविरामको अबस्था हुनुपर्ने बताए ।

अफगान जनताले अर्थहीन युद्धको अन्त्य र राजनीतिक सधामान चाहेको र त्यसका लागि अमेरिकाले साथ दिने उनले बताए । बीस बर्ष लामो आतंकवाद बिरुद्धको युद्ध पछि अमेरिकाले आफ्ना सेना फिर्ता गरिरहेको बेला अफगानिस्तानमा तालिबानले पुन द्धन्द्ध चर्काएको छ ।

स्रोत बिजनेस स्टान्डर्ड

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : १९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ