एक वर्ष अध्यापन गराएका त्रिविका आशिंक शिक्षक निशर्त करार | Khabarhub Khabarhub

एक वर्ष अध्यापन गराएका त्रिविका आशिंक शिक्षक निशर्त करार


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक कलेजमा एक वर्षा अध्यापन गराएका आंशिक शिक्षक एक वर्षपछि निशर्त करार हुने भएका छन् ।

लामो समयदेखि करार गर्न माग गर्दे आन्दोलनमा रहेका शिक्षकहरुसँग त्रिविले सोमाबार सहमति गरेसँगै एक वर्ष अध्यापन गराएका शिक्षकहरु करार हुने भएका हुन् ।

आंशिक शिक्षकहरुको माग सम्बोधन गर्न त्रिविले प्राध्यापक विष्णु खनालको संयोजकत्वामा तीन संदसिय वार्ता टोलि गठन गरेको थियो । सोहि वार्ता टोलिले शिक्षक र पदाधिकारीसँग पटकपटक छलफल गरेर उक्त सहमति गरेका त्रिविका एक कर्मचारीले बताए ।

प्रध्यापकहरुले आंशिक शिक्षकहरुलाई करार गरेपछि मात्र उपप्रध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै त्रिवि पदाधिकारी कार्यालयहरुमा तालाबन्दी समेत गरेका थिए । विगतमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै समयमा १ हजार ४२० आंशिक शिक्षकलाई करार गराउन मन्त्रीपरिषद्बाट पारित गराएका थिए ।

सोमबारको सहमतिमा ५८० आंशिक शिक्षक थप गरेर २ हजार को करार दरबन्दी हुनुपर्ने सहमति भएको त्रिविका एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार सरकारले करार गर्न निर्देशन दिए । सहमति भएका सबै आंशिक शिक्षक करार सेवामा जाने छन् ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ८ : १५ बजे

इजरायलले आक्रमण नरोकेसम्म इरानले आणविक वार्ता नगर्ने

तेहरान – इरानले आफूमाथि भएको आक्रमण नरोकिएसम्म आणविक वार्ता नहुने

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार