चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण « Khabarhub

चार वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- बझाङका विभिन्न स्थानीय तहमा चार वर्षमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् ।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् ।

थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा छ/छ वटा, सुर्मा, छविसपाथीभेरा, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा तीन/तीन वटा, साइपाल र खप्तडछान्ना गाउँपालिकामा पाँच/पाँच वटा, तलकोट र दुर्गाथली गाउँपालिकामा सात/सात वटा र वित्थडचिर गाउँपालिकामा आठ वटा गरी ११ वटा स्थानीय तहले जिल्लाभर ५६ वटा बर्थिङ सेन्टर निर्माण गरी सेवा सञ्चालन गरेका हुन् ।

केदारस्युँ गाउँपालिकामा स्थानीय तह हुनुभन्दा अगावै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताए । स्थानीय तहका अनुसार पालिकाका वडालाई लक्षित गरेर बर्थिङ सेन्टर स्थापना भएका हुन् ।

गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या घटेको छ । यसअघि बर्थिङ सेन्टर गाउँमा नभएको र स्वास्थ्यचौकी टाढा हुँदा घरमै सुत्केरी हुने गरेका थिए । गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि सहज भएको छविसपाथिभेराकी सरिता धामीले बताए ।

उनले भने, “बर्थिङ सेन्टर स्थापना हुनुअघि तीन घण्टा हिँडेर लेकगाउँ स्वास्थ्यचौकी पुग्नुपर्थ्यो । अहिले २० मिनेटमै सामुदायिक स्वास्थ्य एकाइमा पुगिन्छ ।” आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको धामीको भनाइ छ ।

बर्थिङ सेन्टरको अभावमा सुत्केरी व्यथाबाट छट्पटाइरहेका बझाङका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिलाले यो समस्याबाट निदान पाएको वित्थडचिर गाउँपालिकामन प्रवक्ता हर्क धामीले बताए ।

उनले भने, “आफ्नै गाउँमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाले नयाँ जीवन पाएका छन् । बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० महिला नियमित चेकजाँच तथा सुत्केरी गराउन आउने गरेका छन् ।”

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ९ : १० बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र