काठमाडौँबाट पेस्तोलसहित तीन पक्राउ « Khabarhub

काठमाडौँबाट पेस्तोलसहित तीन पक्राउ


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको गोङ्गबुस्थित एक रेष्टुरेण्टबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुरेण्टबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा रेष्टुरेण्टमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा पनि बरामद गरिएको छ । उनिहरुमाथि थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  १० : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना