प्रेदश १ मा कृषि अनुदान विधेयकसम्बन्धी प्रस्ताव पारित | Khabarhub Khabarhub

प्रेदश १ मा कृषि अनुदान विधेयकसम्बन्धी प्रस्ताव पारित


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ को प्रदेशसभा बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को निमय ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सो विधेयक प्रस्ताव सदनमा पेश गरेका थिए ।

मन्त्री मगरले हाम्रो कृषि जीविकोपार्जन गर्ने किसिमको मात्र भएको अवस्थामा कृषि एवं कृषि उत्पादन बढाउन सरकारले अनुदानको व्यवस्था गरेको बताए ।

उनले अनुदान विभिन्न स्वरुपमा रहेकाले यसको गलत प्रयोग हुन नदिन विधेयक ल्याइएको जानकारी दिँदै सरकारले कृषिमा दिने अनुदान ५० देखि ७५ प्रतिशत रहेको र यसलाई पारदर्शी बनाउन विधेयकले मद्दत गर्ने विश्वास व्यक्त गरे।

विशेष समय

प्रदेशसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका नागरिकलाई सरकारले कहिलेसम्म खोप लगाइसक्ने हो भनी प्रश्न गरे । उनले प्रदेशमा कुनकुन खोप कति मात्रामा आएको हो भन्ने विषयमा पनि जानकारी माग गरे ।

उनले प्रहरी समायोजन सम्बन्धमा प्रदेश सरकारले बनाएको विधेयक अहिलेसम्म कार्यान्वयन नहुनुका कारण पनि सरकारसँग माग गरे। नेता कोइरालाले सुनसरी दुहबीदेखि इनरुवासम्मको १४ किमी बाटोलाई प्रदेश सरकारले प्रदेश गौरव योजनामा राखेर सडकको स्तरोनन्ति गर्न माग गरे। उनले प्रदेश सरकारले विगतमा नागरिकसँग गरेका सहमति अहिलेसम्म पनि पूरा नगरेकामा चिन्ता व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले झापाको गिरी बन्धु टि स्टेटको २८० बिघा जग्गा साटापट्टा गर्ने निर्णय गरेकाले त्यो खारेज हुनुपर्ने माग गरे। उनले हदबन्दीभन्दा माथिका जग्गा राज्यलाई फिर्ता हुनुपर्ने भूमि ऐनले व्यवस्था गर्दागर्दै पनि सरकारले यस्तो निर्णय गर्नु भूमाफियालाई पोस्ने काम हो भने ।

शून्य समय

प्रदेशसभाको आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य इन्दिरा राईले कोरोनाको उपचार एवं रोकथाम स्थानीय तहमा पनि उचित ढङ्गले हुनुपर्ने माग गरिन् । सदस्य लीला सुब्बाले विद्यार्थीलाई पनि कोरोनाको खोप लगाउनुपर्ने माग गरिन् ।

सदस्य तुलसीप्रसाद न्यौपानेले महाकाली नदीमा जयसिंह धाँमी तुइनबाट खसी बेपत्ता भएको विषयमा सरकारले जानकारी दिनुपर्ने बताए । सदस्य विष्णु तुम्बाहाम्फेले संविधानमा भएको व्यवस्थाअनुसार नै नेपाली जनताले समानुपातिकरुपमा राज्यको सुविधा उपभोग गर्नुपर्ने धारणा राखे । सदस्य रामचन्द्र लिम्बूले सीमा क्षेत्रमा भारतीय पक्षबाट निकै ज्यादति भइरहेकाले सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ९ : ३० बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले