तेल बोकेका ट्यांकरलाई निशाना बनाएर आक्रमण « Khabarhub

तेल बोकेका ट्यांकरलाई निशाना बनाएर आक्रमण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउदी– संयुक्त अरब इमिरेट्स युएईको फुजेइरा इमिरेटको तटपारी तेल बोकेका आफ्ना दुई ट्यांकरलाई निशाना बनाएर आक्रमण भएको साउदी अरबले जनाएको छ ।

त्यसअघि युएईले होर्मुजको स्ट्रेट नजिक चार व्यावसायिक पानीजहाजमा आक्रमण भएको जनाएको थियो । आक्रमणकारीले ‘विभिन्न मुलुकका’ पानीजहाजलाई लक्षित गरी आक्रमण गरेको जनाएपनि युएईले आक्रमणमा परेको भनिएका पानीजहाज कुन मुलुकका थिए भन्ने खुलाएको थिएन ।

साउदी अरबका उर्जामन्त्री खालिद अल फलिहले साउदी अरबको आराम्को कम्पनीले आफ्ना अमेरिकी ग्राहकका निम्ती लैजाँदै गरेका तेल बोकेका भेरी लार्ज क्रुड क्यारिअर भीएलसीसीमा आक्रमण भएको जनाएका छन् । उनले उक्त आक्रमणमा कुनै मानवीय क्षति नभएपनि पानीजहाजको स्वरुप बिग्रिएको तथा भारी मात्रामा तेल चुहिएको जनाए ।

पछिल्लो समय फारसको खाडीमा अमेरिकाले लडाकु विमान वाहक पानीजहाज तैनाथ गरेपछि इरान र अमेरिकाबीच सम्बन्ध निकै तल्लो स्तरमा पुगेका बेला व्यावसायिक पानीहाजमा आक्रमण भएको हो । साउदी अरबसहित अमेरिकाका साझेदार मुलुकहरु इरानमाथि चरम दबाब दिनुपर्ने पक्षमा रहेको बताइन्छ ।

यता इरानले भने उक्त आक्रमण तेश्रो मुलुकबाट भएको भन्दै यसबारे स्वतन्त्र छानबिन गर्न आह्वान गरेको छ । खाडीबाट विश्वभर जाने तेल हर्मुजको स्टे«ट भएर जाने भएकाले यस क्षेत्रलाई विश्व तेल निर्यातको सबैभन्दा ठूलो बाटोका रुपमा लिइन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ५ : १६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र