कामपाको ३२ वटै वडामा खोप केन्द्र « Khabarhub

कामपाको ३२ वटै वडामा खोप केन्द्र


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि केन्द्रको व्यवस्था गरिएको छ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ । यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो ।

अहिलेसम्म महानगरका ७२ हजार ६४४ कोरोनाबाट संक्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१० जनाको मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  १२ : ४५ बजे

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन