अभिनयबाट ब्रेक लिँदै पंकज | Khabarhub Khabarhub

अभिनयबाट ब्रेक लिँदै पंकज


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता पंकज त्रिपाठी पछिल्लो समयमा बलिउडमा रुचाइएका अभिनेतामा पर्छन् । उनले धेरै फिल्म र वेब सिरिजमा आफ्नो अभिनय कौशल देखाइसकेका छन् । यी अभिनेताले आफू अभिनयको शिखरमा पुगिसकेकाले केही समयका लागि विश्राम लिन चाहेको खुलाएका छन् ।

उनी अभिनित पछिल्लो फिल्म ‘मिमी’ले यतिबेला चर्चा पाइरहेको छ । ‘म अभिनयबाट थाकिसकेको छु । म दुईदेखि तीन महिनासम्मका लागि ब्रेक लिन चाहन्छु । त्यसपछि मात्र आफूले बाचा गरेका प्रोजेक्ट पुरा गर्छु । केही समय ब्रेक लिएर आएँ भने म र दर्शकका लागि निराशा हुनेछैन’, उनले भनेका छन् ।

उनले आफूले थोरै रमाइलो, रोचक क्षण र उत्साहित कामका लागि समय छुट्याउन लागेको उल्लेख गरेका छन् । ‘म अन्यबाट मोटिभेसन लिन्छु । मैले थिएटरमा प्रशिक्षण लिँदा पनि यो ज्ञान लिएको थिएँ’, उनले भने ।

पंकजले दर्शकका लागि तथ्यपरक र अर्थपूर्ण विषय आवश्यक रहेकाले आफूले गलत किसिमका सन्देश जाने फिल्ममा अभिनय नगर्ने बताए । उनले देख्दा अभिनय सजिलो भए पनि अभिनय गर्ने कलाकारका लागि यो गाह्रो विषय भएको उल्लेख गरे ।

पंकज आफ्नो प्रमुख काम अभिनय नभई यात्रा र खानु रहेको बताउछन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ३ : ४५ बजे

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

मुस्ताङ– उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन

इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा भेटियो

मंगलबारे– इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ।

कालो रङ सुन्दर छ…!

भारतको केरलकी मुख्य सचिव (चिफ सेक्रेटरी) सारदा मुरलीधरनले कालो रङलाई

भृकुटिमण्डपमा समाजवादी मोर्चाको तयारी (तस्बिरहरू) 

काठमाडौं – नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू सम्मीलित

एमसीसी परियोजना : अमेरिकाले हात झिक्दा कति सम्भव ?

अमेरिकामा वर्तमान राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले जिम्मेवारी पाएसँगै विश्व अर्थ