‘लभ सर्कल’ ट्रेलरमा ग्ल्यामर र सस्पेन्स « Khabarhub

‘लभ सर्कल’ ट्रेलरमा ग्ल्यामर र सस्पेन्स


२२ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्ल्यामर र सस्पेन्सलाई प्राथमिकता दिँदै फिल्म ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक भएको छ । मि टिभीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ओमप्रकाश अग्रवाल र रोशन पौडेलको लगानी छ ।

वसन्त निरौला निर्देशित फिल्मको ट्रेलरमा कलाकारको प्रेम, ग्ल्यामर र सस्पेन्सलाई स्थान दिइएको छ । फिल्ममा नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रवीन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालाको अभिनय रहेको छ ।

फिल्ममा अंकितबाबु अधिकारीको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, विनय पौडेलको मुख्य सहायक निर्देशन, अभिमन्यु निरवीको लेखन, राजेन्द्र मोक्तानको कलर, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

आगामी साउन २९ गतेबाट डिश होम सिनेमा घर च्यानल नम्बर ५५५ मा फिल्म प्रदर्शनमा आउने छ । यससँगै सम्पूर्ण डिजिटल प्लेटफर्ममा पनि फिल्म प्रदर्शन गरिने निर्माता अग्रवालले जानकारी दिए । ट्रेलर ओएसआर डिजिटलको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ४ : ५० बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा