ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ « Khabarhub

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी- झापाको भद्रपुरबाट प्रहरीले ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भद्रपुर–३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको उनले बताए ।

यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबार लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट स्कुफ–३ बोतल र निट्रोसन ट्याबलेट एक पत्ता (१० पिस) बरामद गरेको प्रनाउ थापाले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको र जिल्ला अदालत झापाबाट आज म्याद थपको अनुमति लिएर थप कानूनी प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : १० बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या