विश्वभर संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड २२ लाख निको | Khabarhub Khabarhub

विश्वभर संक्रमितको संख्या २० करोड नाघ्यो, १८ करोड २२ लाख निको


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार २९० जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको २० करोड २ लाख ९३ हजार पुगेको छ ।

यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ४ लाख १० हजार ७५७ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २२ लाख ७९ हजारभन्दा बढी छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ५३ हजार ६९ छ । यसमध्ये ९८ हजार ५४१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार बिहानसम्मको तथ्यांकानुसार विश्वभर कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४२ लाख ९८ हजारभन्दा बढी छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ६ जनाको मृत्यु भएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४२ लाख ९८ हजार ७४७ पुगेको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६८ हजार ९५० जनामा संक्रमण भएको छ । यस्तै थप ३२० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ६ लाख ३२ हजार ९८७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ६३ हजार ८२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार संक्रमित देखिन थालेका छन् । तथापि त्यहाँ तेस्रो लहरको खतरा उच्च भएको विज्ञहरूले चेतावनी दिएका छन् । भारतमा आइतबार बिहानसम्म ४ लाख २७ हजार ८९२ संक्रमितको मृत्यु भएको छ ।

यस्तै  रूसमा १ लाख ६४ हजार ‍६४ जना, बेलायतमा १ लाख ३० हजार २८१ जना, फ्रान्समा १ लाख १२ हजार १९० जना, इटालीमा १ लाख २८ हजार २०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : ५५ बजे

एक सातामा २ सय ६० जनामा डेंगु पुष्टि, सङ्क्रमितको सङ्ख्या ३८ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक साता देशभरीमा २ सय ६० जनामा डेंगु

यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिने

काँक्रेविहार– यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र

नेपाल नागरिकता विधेयकले आमाको पनि वंश कायम हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा

गणेश चौधरीलाई प्रश्न : विधानले नचिन्ने रेशमलाई पार्टीबाट निकाल्ने हो ?

रेशम चौधरी डिल्लीबजार कारागारमै हुँदा स्थापना भएको थियो नागरिक उन्मुक्ति

शाकाहारी र मांसहारी हुनुले क्यान्सर संक्रमणमा कति फरक पर्छ ?

पछिल्लो समय क्यान्सर रोग नेपाल लगायत विश्वकै लागि प्रमुख स्वास्थ्य