भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा ६ महिना जेल ! | Khabarhub Khabarhub

भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा ६ महिना जेल !



दोहा- नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारमा हराएको सामान भेटाउनेले फिर्ता नगरे कम्तीमा ६ महिना जेल सजाय हुने भएको छ ।

कतारको आन्तरिक मन्त्रालयले अरूले हराएका मोबाइल, नगद, सुन, चाँदीलगायतका बहुमूल्य र महत्वपूर्ण सामग्रीहरू भेटाउनेले ७ दिनभित्र सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरे  ३ हजार कतारी रियाल जरिवाना वा ६ महिना जेल सजाय गरिने जनाएको छ ।

कसैले भेटाएको सामानका सम्बन्धित ब्यक्ति पत्ता नलागेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिनेछ । भेटिएको सामान नबुझाउने जोकोहीलाई ३ हजार रियाल जरिवाना र ६ महिना जेल सजाय हुने मेसाइमर पुलिस सेक्शनका प्रमुख लेफ्टिनेंट कर्नल खलिफा सलमानलाई उद्धृत गर्दै द दोहा ग्लोबले जनाएको छ ।

लेफ्टिनेंट कर्नल सलमानले हालसालै मन्त्रालयको राजधानी सुरक्षा विभागले आयोजना गरेको ‘एक्सप्याट समुदायमा सामान्य अपराध र अपराध’ सम्बन्धी वेबिनारलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सबै आप्रबासीहरूलाई कतारको यो परम्परा, नियम र संस्कारको स-सम्मान अबलम्बन गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ५५ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता

किभ – अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

एसीसी यु-१६ : सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा