भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी « Khabarhub

भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् ।

बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक  बने ।

‘म यस क्लब छाड्न चाहदैन थिए । यस क्लबलाई म माया गर्थे । मैले यो पलको आशा गरेको थिएन,’ मेस्सीले बिदाइमा भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्छु । त्यसैले म दुखी छु ।’

क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे ।

मेस्सी अब पीएसी जाने तयारीमा छन् । उनलाई पीएसीले २ वर्ष क्लवमा रहने गरी प्रस्ताव गरेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : २६ बजे

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत सोमबार राति

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख