एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस् | Khabarhub Khabarhub

एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता नगर्न सुझाएका छन् ।

नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकताबद्ध हुने तयारी गरिरहेका बेला भट्टराईले सामाजिक सञ्चालनमा प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै नेपाललाई पार्टीमा नफर्कन सुझाएका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिए पनि उनैलाई संकेत गरेका छन् ।

‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा. भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ६ : ५५ बजे

वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले कुनै

जङ्गली हात्तीको आक्रमणबाट एउटा घरमा क्षति

कञ्चनपुर–  कृष्णपुर नगरपालिका-१ दोमिल्लास्थित पुतलीबजार टोलमा गएराति जङ्गली हात्तीको आक्रमणबाट

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि

युरोपमा मानव पुर्खा लुसीको प्रदर्शन

प्राग- मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना