कलाकारले लगाए भेरोसेल खोप « Khabarhub

कलाकारले लगाए भेरोसेल खोप


२५ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चलचित्र कलाकार संघको पहलमा कलाकारले आइतबार भेरोसेल खोप लगाएका छन् । संघले स्वास्थ्य मन्त्रालयलगायत संस्थासँग समन्वय गरी करिब एक हजार ६०० फिल्मकर्मीलाई खोपको व्यवस्था गरेको हो । ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरिएको उक्त खोप लगाउने कार्यक्रममा उनीहरुले खोप लगाएका हुन् ।

कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी निरौलाले कोभिडविरुद्धको खोप महत्वपूर्ण भएको बताए । उनले यस कार्यक्रमले आमजनतामा सचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले उक्त जिल्लामा दुई लाख ९२ हजार नागरिकलाई पहिलो तथा दुई लाख १० हजारलाई दोस्रो खोप लगाइएको अभिलेख प्रस्तुत गरे । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, स्वास्थ्यकर्मी झलक गौतम, अनिल थापालगायत सहभागिता रहेको कार्यक्रममा फिल्मकर्मी भुवन केसी, जिया केसी, पल शाह, पुष्प खड्का, श्याम राईलगायत खोपसम्बन्धी प्रचारप्रसार गरेका थिए ।

संघका अध्यक्ष रवीन्द्र खड्काले महामारीको समयमा सबै नागरिकलाई सरकारले खोपको व्यवस्था गर्नुपर्नेमा जोड दिए । कलाकार मोहन निरौलाले उक्त संघले विभिन्न समयमा गरेको सामाजिक कार्यको सराहना गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : ४० बजे

इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि

एजेन्सी– इरानले इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको पुष्टि गर्दै

संविधान संशोधनका लागि अशिम शाह नेतृत्वको कार्यदल, संसद्का सबै दललाई समेट्ने निर्णय

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारले संविधान संशोधनका लागि संविधान

संविधान संशोधनको बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन

सहकारी क्षेत्रको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र’

काठमाडौं– सरकारले सहकारी क्षेत्रमा देखिएको संकट समाधान गर्न ‘सुशासन मार्गचित्र,

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा