दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार « Khabarhub

दुई दिनदेखि प्रसव व्यथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३, स्थित सिर्दिबास फिलिमकी एक गर्भवतीको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । दुई दिनदेखि प्रसव व्यथा लागेकी २५ वर्षीय छिरिङ डोल्मा गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट गुरुङको उद्धार गरी सुत्केरी गराउन काठमाडौँ पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

“घरमै प्रसव व्यथा लागेको दुई दिनसम्म पनि बच्चा जन्माउन नसकेपछि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको विशेष पहलमा गर्भवतीको उद्धार गरिएको हो”, उनले भन, “आज बिहानै सेनाको हेलिकप्टर झिकाएर काठमाडौँ पठाइएको छ ।” राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत विकट क्षेत्रका गर्भवतीको आपत्कालीन उद्धार हुँदै आएको छ ।

गाउँपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले महिला तथा बालबालिका कार्यालयमा उद्धारका लागि सिफारिस गरेपछि गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

सडक सञ्जालको पहुँज नपुगेको उत्तरी गोरखामा गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिन हुँदा घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहँदै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १ : ४१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु