गैरआवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण « Khabarhub

गैरआवासीय नेपाली नागरिकता विधेयकका सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले आज भेट गरेको छ ।

भेटमा अध्यक्ष पन्तले सङ्घले नेपाल सरकारसँग गरेको सहकार्यबारे स्मरण गराउँदै लामो समयदेखि संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकताको विधेयकका सम्बन्धमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवासँग कोभिड– १९ का कारण उत्पन्न विषम परिस्थितिमा विदेशमा रहेका नेपाली श्रमिकको उद्धार, नेपाल ल्याइएका श्रमिकको पुनःस्थापनालगायतका विषयमा नेपाल सरकारले यथाशक्य छिटो राहतमुखी कार्यक्रम ल्याउन आग्रह गरे ।

सो अवसरमा सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले बेलायतमा रहेका ब्रिटिस गोर्खाको सत्याग्रहका विषयमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै उनीहरुको समस्या समाधानका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले संविधानमा व्यवस्था भएबमोजिम गैरआवासीय नेपाली नागरिकतालगायतका विषयमा छिट्टै टुङ्गो लगाउने प्रतिबद्धता व्यक्त गरेको सङ्घले जनाएको छ ।

भेटमा सङ्घका उपाध्यक्षद्वय सोनाम लामा, रविना थापा, सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटा, कार्यकारी प्रमुख राजेश राणालगायत सहभागी थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १० : ३० बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले