विस्तार गरिएकै दिन काटियो खानेपानीको पाइपलाइन « Khabarhub

विस्तार गरिएकै दिन काटियो खानेपानीको पाइपलाइन


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बेत्रावती– नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा एक खानेपानी आयोजनाको पाइप लाइन विस्तार गरिएकै दिन ठाउँ ठाउँमा काटिएको छ ।

मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पुर्‍याइएको स्थानीयले जनाएका छन् ।

विदुर नगरपालिकाले १ लाख १ हजार रुपैयाँ बजेट विनियोजन गरी विस्तार  सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप सोमबार राति काटिएको हो ।

घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित बस्तीमा ल्याइएको खानेपानीको पाइप विभिन्न स्थानमा टुक्रा–टुक्रा बनाएर काटिएको वडाध्यक्ष दलबहादुर तामाङले जानकारी दिए । उनका अनुसार सोमबार दिनभर लगाएर गाडिएको पाइप गए राति २५ भन्दा बढी टुक्रा बनाएर क्षति पुर्‍याइएको छ ।

उक्त पाइपलाइनमा क्षति बनाउन सोही स्थानका असहमति राख्ने व्यक्तिको संलग्नता हुनसक्ने उनको अनुमान छ ।

खानेपानी योजनाका लागि घट्टेखोला मुहानबाट पानी ल्याउन सोही स्थानका अन्य बस्तीका बासिन्दाले असहमति जनाउँदै आएका थिए । विरोधका बीच योजना कार्यान्वयनमा ल्याएलगत्तै क्षति पुर्‍याइएकाले यसअघि उक्त योजनामा विवाद गर्ने स्थानीय व्यक्तिमाथि अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ११ : ०५ बजे

अमेरिकी विमानवाहक युद्धपोतमा आगो लाग्दा दुई जना घाइते

काठमाडौं- लाल सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर

निर्वाचन प्रहरीलाई तालिम दिएर स्वरोजगार बनाइने

नारायणगढ– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका

चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, कर्जा पुनर्तालिकीकरण गर्न सकिने्

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बनधी मार्गदर्शन, २०७९ परिमार्जन

इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको मृत्यु

काठमाडौं- इराकमा अमेरिकी सैन्य विमान खस्दा चार जनाको ज्यान गएको

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा