सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्छौं– विमलेन्द्र निधि « Khabarhub

सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्छौं– विमलेन्द्र निधि


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जनकपुरधाम– नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

पत्रकारलाई कठोर सजाय दिने कानून ल्याएर सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको निधिले आरोप लगाए ।

निधीले प्रेस स्वतन्त्रता र अक्षुण्ता समाप्त पार्न विधेयक ल्याइएको पनि जिकिर गरे । सरकारबाटै प्रेस काउन्सिललाई कमजोर पार्ने प्रयास भइरहेको पनि निधिको भनाइ थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : ३२ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६