मदरसा शिक्षा विधेयक फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध सिरहामा प्रदर्शन « Khabarhub

मदरसा शिक्षा विधेयक फिर्ताको माग राख्दै मुख्यमन्त्री राउतविरुद्ध सिरहामा प्रदर्शन


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- राष्ट्रिय एकता अभियानले सिरहाको लहानमा प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

अभियानका वरिष्ठ नेता काशीन्द्र यादव नेतृत्वको टोलीले मदरसा शिक्षा विधेयक फिर्ताको मागसहित मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन गरेको हो ।

लहान बजारबाट नयाँ घण्टाघर हुँदै निकालिएको र्‍यालीमा अभियानका कार्यकर्ताहरुले ‘मदरसा शिक्षा विधेयक फिर्ता गर’, ‘प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे’, ‘सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद’ र ‘संघीय हिन्दू गणतन्त्र जिन्दावाद’ भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाएका थिए ।

विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘पछिल्लो समय मुख्यमन्त्री राउतले मदरसा शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

त्यस्तै अभियानका सिरहा जिल्ला संयोजक हेमन्त सिंहले प्रदेश २ का मुख्यमन्त्री राउतले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाए ।

विरोध कार्यक्रममा अभियानका अभियन्ता नविन गुप्ता, मनोज पासवान,अबिनाश गुप्ता र मनोज मेस्तर लगायतको उपस्थित रहेको थियो।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १० : ०५ बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई