प्रचण्डले भने–फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु | Khabarhub Khabarhub

प्रचण्डले भने–फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्मकर्मीको एक टोलीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व सभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष, अभिनेताा तथा निर्माता नवल खड्काको नेतृतवमा गएको फिल्मकर्मीको टोलीले प्रचण्ड र महरालाई भेट्दै लकडाउनका कारण धराशायी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्मको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।

अभिनेता खड्काले राष्ट्रियता संकटमा पर्ने जनाउँदै एमसीसी पास नगर्न नेताद्वयलाई आग्रह गरेका थिए ।

पूर्व प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भीर भएको बताए । ‘फिल्म क्षेत्रका समस्याबारे गम्भीर छु । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।

पूर्व सभामुख महराले फिल्म क्षेत्रलाई चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १ : २० बजे

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित

माइकल फोले एनसेलको नयाँ सीईओमा नियुक्त

काठमाडौं — एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल