‘कबड्डी ३’ मा काम गर्न पाउँदा उपासना मख्ख ! « Khabarhub

‘कबड्डी ३’ मा काम गर्न पाउँदा उपासना मख्ख !


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर – आर्यन बिमली

मुम्बई – एउटै फिल्मबाट चर्चामा आउने नायिकाहरुको सूची खासै ठूलो छैन । गत वर्ष सिनेमा उद्योगमा डेब्यु गरेका कैयन् नायिकामा उपासना सिंह ठकुरीको पनि इन्ट्री भयो । युवा अभिनेता अनमोल केसीसँग उनी फिल्म ‘क्याप्टेन’ मा देखिएकी थिइन् । फिल्म त चलेन तर उपासनाको चर्चा भने चलिरह्यो । यतिबेला उनको चर्चा झनै थपिएको छ ।

नायिका उपासना सिंह ठकुरीले दोस्रो फिल्मका रुपमा चलचित्र ‘कबड्डी ३’ मा अभिनय गर्ने भएकी छिन् । यो फिल्मको नाम ‘कबड्डी कबड्डी कबड्डी’ राखिएको छ । निर्माण टिमका अनुसार उपासनाको भूमिका पनि फिल्ममा मुख्य हुनेछ । उनका लागि एउटा संयोग जुरेको छ – उपासनाले हेरेको पहिलो नेपाली फिल्म थियो, कबड्डी । यसको तेस्रो सिक्वेलमा स्वयम् उपासनाले अभिनय गर्ने भएकी छिन् ।

पहिलो फिल्मबाटै राम्रो चर्चामा आएकी उपासनाले ‘कबड्डी ३’ मा कस्तो काम गर्छिन्, त्यसले उनको करिअरलाई मापन त गर्ला नै । अहिले भने यो फिल्ममा काम गर्न पाउँदा निकै खुशी भएको उनी बताउँछिन् । ‘कबड्डी मैले हेरेको पहिलो नेपाली फिल्म हो, यो टिमसँग काम गर्न पाउँदा एकदमै खुशी छु,’ उपासना भन्छिन् ।

मल्टिस्टारर फिल्म ‘कबड्डी ३’ मा दयाहाङ राई, कर्मा, माओत्से गुरुङ, विल्सन विक्रम राई, लुनिभा तुलाधर, विजय बराल लगायतका कलाकारले अभिनय गर्नेछन् । यो फिल्मका निर्देशन रामबाबु गुरुङ हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : ५१ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री