सबै तह र श्रेणीका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सांसदहरुको माग | Khabarhub Khabarhub

सबै तह र श्रेणीका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सांसदहरुको माग


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने सबै श्रेणीका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

कानून नै बनाएर सरकारले सबै तहका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने सांसदहरुको भनाइ छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै तहका कर्मचारीहरुलाई कार्यसम्पादन सम्झौता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था ल्याउन माग गरे ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले सबै तहका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने माग राखे ।

सत्तारुढ दल नेकपाकी सांसद झाँक्रीले तल्लो तहको कर्मचारीसँग कार्यसम्पादन सम्झौता नगर्ने भन्ने विधेयकको मान्यता गलत रहेको बताइन् । तल्लो तहमा कार्यरत मन्त्रालयकै कर्मचारीहरु आफ्नो कामप्रति जवाफदेही नभएको उल्लेख गर्दै झाँक्रीले उनीहरुलाई पनि कार्य सम्पादन सम्झौता गर्ने कानूनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरे ।

समितिका अर्का सदस्य प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद बडुले सबै तहको कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउन पनि कार्य सम्पादन सम्झौता गर्ने कानूनी व्यवस्था अनिवार्य गर्नुपर्ने तर्क गरे ।

उनले सबै तहको कर्मचारीहरुको आ–आफ्नै जिम्मेवारी हुने भएकाले उनीहरुको कार्य सम्पादन सम्झौतालाई अनिवार्य बनाउने काममा सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

जवाफमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने बोझिलो हुने भएकाले तल्लो तहका कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्ने विषय विधेयकमा उल्लेख नगरिएको बताए ।

तल्लो तहका कर्मचारीले कार्य सम्पादन गरे/नगरेको माथिल्लो तहबाट निगरानी हुने भएकाले त्यसका लागि छुट्टै कानूनी व्यवस्था आवश्यक नहुने मन्त्री पण्डितको भनाइ थियो ।

मन्त्री पण्डितले माथिल्लो तहका कर्मचारीहरुले भने विशेष जिम्मेवारी पनि पाउने भएकाले उनीहरुको हकमा भने अनिवार्य कार्य सम्पादन सम्झौता गर्ने कानूनी व्यवस्था विधेयकमा पनि प्रस्ताव गरिएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १ : ०५ बजे

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब