मनसुन फेरि सक्रिय : आगामी साता देशभर वर्षा हुने « Khabarhub

मनसुन फेरि सक्रिय : आगामी साता देशभर वर्षा हुने


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका मौसमविद् समिर श्रेष्ठले भने, “अबको केही दिन देशका धेरैजसो स्थानमा वर्षा हुनेछ । वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ । ” उनका अनुसार वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुने औँल्याएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  ३ : १५ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका