सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त « Khabarhub

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको छ ।

बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको थियो । 

जीवित उद्धार भएपछि कबीरका आफन्तजनहरू सैनिक अस्पताल पुगेका छन् । सो क्रममा गरिएका कबीर महर्जनकी श्रीमती हीराशोभा महर्जनले सकुशल उद्धार र उपचारमा खटिने नेपाली सेना , चिकित्सक टोली, आफन्तजन र सरकारलाई धन्यवाद व्यक्त गरिन् । 

उनले हेलिकप्टरबाट ल्याउँदा सुरुमा आफन्तलाई चिन्न नसकेको र केवल ‘म कहाँ छु, मलाई के भएको हो ?’ मात्र भनेको जानकारी दिइन् । 

परिवारले दिन–रात नभनी विगत १० दिनदेखि चिन्ता र पर्खाइमा बिताएको र उद्धार भएको खबर र तस्बिर देखेपछि परिवारमा खुसीको आँसु आएको र सबै जना निकै भावुक बनेको महर्जनले बताइन् । 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ३ : ०७ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका