सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त « Khabarhub

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका कबीर महर्जनको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार सुरु गरिएको छ ।

बाढी आएको १० दिनपछि जीवित उद्धार गरिएका महर्जनलाई उद्धारपछि प्रारम्भिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमार्फत छाउनीस्थित सैनिक अस्पताल ल्याइएको थियो । 

जीवित उद्धार भएपछि कबीरका आफन्तजनहरू सैनिक अस्पताल पुगेका छन् । सो क्रममा गरिएका कबीर महर्जनकी श्रीमती हीराशोभा महर्जनले सकुशल उद्धार र उपचारमा खटिने नेपाली सेना , चिकित्सक टोली, आफन्तजन र सरकारलाई धन्यवाद व्यक्त गरिन् । 

उनले हेलिकप्टरबाट ल्याउँदा सुरुमा आफन्तलाई चिन्न नसकेको र केवल ‘म कहाँ छु, मलाई के भएको हो ?’ मात्र भनेको जानकारी दिइन् । 

परिवारले दिन–रात नभनी विगत १० दिनदेखि चिन्ता र पर्खाइमा बिताएको र उद्धार भएको खबर र तस्बिर देखेपछि परिवारमा खुसीको आँसु आएको र सबै जना निकै भावुक बनेको महर्जनले बताइन् । 

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ३ : ०७ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत