आफैंले राखी बाधेको बोनीसँग विवाह गर्ने श्रीदेवी « Khabarhub

आफैंले राखी बाधेको बोनीसँग विवाह गर्ने श्रीदेवी


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– सन् ८० देखि ९० को दशकमा आफ्नो शानदार अभिनयका कारण दर्शकको मन जितेकी अभिनेत्री श्रीदेवी अहिले यो संसारमा छैनन् । तर उनको जिन्दगी जहिल्यै चर्चामा रह्यो ।

मिथुन चक्रवर्तीसँगको अफेयरदेखि लिएर बोनी कपूरसँगको विवाहले श्रीदेवीलाई सधैं चर्चामा ल्यायो । बोनी र श्रीदेवीलाई बलिउडको बहादुर जोडी मानिन्छ, जसले खराब समयमा पनि एकअर्काको साथ दिए । तर सायद कमैलाई मात्र थाहा होला कि बोनीसँग विवाह गरेकी श्रीदेवीले कुनै समय उनलाई राखी बाँधेकी थिइन् ।

बोनी र श्रीदेवीको प्रेम आफैंमा अनौठो थियो । विवाहित भएर पनि बोनी श्रीदेवीको सुन्दरताबाट प्रभावित थिए । भनिन्छ ‘मिस्टर इण्डिया’मा श्रीदेवीलाई अनुबन्धित गराउनकै लागि उनले एक हप्तासम्म श्रीदेवीको घरमा चक्कर मारेका थिए । उनलाई फिल्मका लागि ११ लाख रुपैंयाँ पारिश्रमिक दिएका थिए । जुन पारिश्रमिक श्रीदेवीको मागभन्दा बढी थियो ।

सन् १९८४ ताका श्रीदेवी र मिथुनको अफेयरले बलिउड तातेको थियो । त्यो समयमा श्रीदेवीले मिथुनसँग गोप्य रुपमा विवाह गरेको चर्चा चलेको थियो । तर मिथुनकी पहिलो श्रीमति गीता बालीले श्रीदेवीसँग विवाह गरेमा आफूले भोक हड्ताल गर्ने चेतावनी दिएकी थिइन् ।

मिथुनलाई खुशी पार्न श्रीदेवीले बोनीलाई दाजु मानेर राखी बाँधिदिएकी थिइन् । यो कुरा बोनीकी श्रीमति मोना कपूरले एक अन्तरवार्तामा खुलाएकी थिइन् ।

सन् १९८८ मा श्रीदेवी र मिथुन अलग्गिए । यही बेला बोनी श्रीदेवीलाई मनपराउन थालेका थिए । उनी श्रीदेवीलाई पाउनका लागि श्रीमति मोना कपूरलाई समेत छोड्न तयार थिए ।

बोनीले मोनासँग सम्बन्धविच्छेद गरे पछि सन् १९९६ मा गुपचुप रुपमा विवाह गरेका थिए । विवाह गरेको केही महिनामै उनले छोरीलाई जन्म दिएकी थिइन् ।

श्रीदेवीले बलिउडमा ५० वर्षसम्म काम गरिन् । उनले ‘चांदनी’, ‘मिस्टर इण्डिया’, ‘नगीना’, ‘चालबाज’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेकी थिइन् । श्रीदेवीलाई बलिउडको पहिलो ‘सुपरस्टार अभिनेत्री’ मानिन्छ । सन् २०१८ फेब्रुअरी २४ मा दुबईको एक होटलमा बाथटवमा लडेर उनको निधन भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : १५ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा